Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

भारतका प्रधानमन्त्री मोदीको तेस्रो पदावधिका लागि सुरुवाती मन्त्रिपरिषद्मा को को छानिए ?

भारतका प्रधानमन्त्री मोदीको तेस्रो पदावधिका लागि सुरुवाती मन्त्रिपरिषद्मा को को छानिए ?

  • काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो पदावधिका लागि एनडीए गठबन्धनको नेताको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै विभिन्न देशका सरकार प्रमुखहरूको उपस्थितमा राष्ट्रपति भवनमा आयोजित  भव्य शपथ समारोहमा प्रधानमन्त्री मोदीले शपथ लिएका हुन् ।

    प्रधानमन्त्री मोदीले आइतबार नै ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरे । जसमा ३१ क्याबिनेट मन्त्री छन्, ५ स्वतन्त्र प्रभाव र ३६ राज्यमन्त्री रहने गरी सो मन्त्रिपरिषद्को घोषणा गरिएको थियो ।भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट मौजुदा मन्त्रिपरिषद्मा मोदीको अघिल्लो कार्यकालका मन्त्रीहरु नै बढी दोहोरिएका छन् ।

    रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, सडक तथा राजपथ  मन्त्री नितिन गडकरी, अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरलाई  फेरि मन्त्रीको जिम्मा दिइएको छ ।तर उनीहरूको मन्त्रालय भने नयाँ पदावधिका लागि तत्काल तोकिएको छैन् । भाजपाका अध्यक्ष जेपी नड्डा र मध्यप्रदेशका पूर्व मुख्यमन्त्री शिवराजसिंह चौहान, हरियाणाका पूर्व मुख्यमन्त्री मनोहरालाल खट्टरलाई पनि नयाँ पदावधिका लागि मन्त्रिपरिषद्मा सामेल गरिएको छ ।

    भाजपाको एकल बहुमत नआएपछि मोदीलाई एनडीएका घटक दलका सहयोगमा सरकार बनाउनुपरेको हो । यो मन्त्रिपरिषद्मा सामेल प्रमुख दुई घटक दलका आन्ध्रप्रदेशक नेता चन्द्रबाबु नाइडु र बिहारका मुख्यमन्त्री नीतिश कुमारको सहमतिमा पछि मन्त्रालयको बाँडफाँड गर्ने गरी अहिले नाम सामेल गरिएको हो । 

    मोदीका क्याबिनेटमन्त्रीमा तोकिएकाहरूमा राजनाथ सिंह, अमित शाह, नितिन गडकरी, जेपी नाड्डा, शिवराज सिंह चौहान, निर्मला सीतारमण, एस जयशंकर, मनोहर लाल खट्टर, एसडी कुमारस्वामी , पियुष गोयल, धर्मेन्द्र प्रधान, जीतनराम माझी, राजीव रञ्जन सिंह उर्फ ललन सिंह, सर्बानन्द सोनोवाल,  वीरेन्द्रकुमार, राममोहन नाडयू, प्रह्लाद जोशी, जुएल उरांव, गिरिराज सिंह, अश्विनी वैष्णव, ज्योतिरादित्व सिन्धिया, भूपेन्द्र यादव,गजेन्द्र सिंह शेखावत, अन्नपूर्णा देवी, किरेन रिजिजू, हरदीप सिंह पुरी,खनसुख मान्डविया, जी किशन रेड्डी, चिराग पासवान र एसआर पाटिल रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij