Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २८ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू..........


नया सडक

२०८१, जेठ २८ सोमबार

  • 480
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २८ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू..........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ २८ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    शेयर बजार :  नेप्से परिसूचक ८.९० अंकले बढेर  २०८२.०९ विन्दुमा , ५ अर्ब ४९ करोडभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ८.९० अंकले बढेर  २०८२.०९ विन्दुमा  आएको छ ।  यस दिन ५ अर्ब ४९  करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 
    सोमबार ३१४ कम्पनीको १ करोड १६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४१ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः माउन्टेड इनर्जी र जानकी फाइनान्स परेका छन् ।

    ट्रष्ट माइक्रो इन्सुरेन्सले आइपीओ जारी गर्ने

    काठमाडौं । ट्रष्ट माइक्रो इन्सुरेन्स लिमिटेडले आइपीओ प्रस्ताव सहित असार २२ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बुटवलमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नछ । सभाले सञ्चाल समितिको निर्वाचन गर्नेछ । 

    साथै, सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

    कुमारी बैंकको साढे ४५ लाख कित्ता सेयर लिलामी बिक्री खुला

    काठमाडौं । कुमारी बैंकले आजदेखि ४५ लाख ५७ हजार ९१२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

    लगानीकर्ताले यसमा न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    प्रि ओपन सेसन : नेप्से सूचक १४.९४ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १४.९४ विन्दुले बढेको छ । यससँगै सूचक २०८८.१४ अंकमा आएको छ । ४ करोड ६४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७९ कम्पनीको ८२ हजार ४ सय ३५ कित्ता सेयर कारोबार भएको छ ।

    मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक छ : पूर्वअर्थमन्त्री डा महत

    काठमाडौँ । पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताउनुभएको छ । साउथवेस्टन स्टेट कलेज वसुन्धराद्वारा आज यहाँ आयोजित  ‘आर्थिक वर्ष २०८१÷०८२ को बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक अन्तक्र्रियामा उहाँले मुलुकको अर्थतन्त्रलाई सही दिशा प्रदान गर्नका लागि अनुशासनको खाँचो छ भन्नुभयो । 
          
    नेपाली कांग्रेसका प्रवक्ता डा महतले कुन क्षेत्रमा कति बजेट विनियोजन गर्दा मुलुकको आर्थिक विकासमा सहयोग पुग्छ त्यसको बारेमा सरकारले पहिल्यै यकिन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “रु तीन करोडभन्दा साना आयोजना केन्द्र सरकारले नराख्ने भनी आर्थिक कार्यविधि अनुमोदन गरे पनि वर्तमान सरकारले उक्त कार्यविधिलाई कार्यान्वयनमा लैजान सकेको छैन । ”

    काठमाडौँ । पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताउनुभएको छ । साउथवेस्टन स्टेट कलेज वसुन्धराद्वारा आज यहाँ आयोजित  ‘आर्थिक वर्ष २०८१÷०८२ को बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक अन्तक्र्रियामा उहाँले मुलुकको अर्थतन्त्रलाई सही दिशा प्रदान गर्नका लागि अनुशासनको खाँचो छ भन्नुभयो । 
         

    खाद्यवस्तुमा चर्को मूल्यवृद्धि

    काठमाडौ । गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ दशमलव २७ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति दुई दशमलव ९६ प्रतिशत छ ।    गत वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ४० प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ४१ प्रतिशत थियो ।

    सुनको मूल्य तोलामा चार हजारले घट्यो , प्रतितोला रु एक लाख ४१ हजार

    काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा  रु चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४१ हजार निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु एक लाख ४५ हजारमा कारोबार भएको थियो ।

     

    यस्तै तेजाबी सुन तोलामा रु एक लाख ४० हजार तीन सय निर्धारण गरिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा रु ७५ ले घटेको छ ।

    लुम्बिनी, कर्णाली र सदूरपश्चिममा हुरीबतासको चेतावनी

    काठमाडौँ ।  हाल मुलुकमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि  आंशिक  प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहेको बताएको छ ।

    विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशलगायत वाग्मती  र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा ती प्रदेशका बाँकी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

    मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत प्राप्त भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मतसम्बन्धी राख्नुभएको प्रस्ताव सभाको बहुमतले पारित गरेको हो । 

    मुख्यमन्त्रीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ र विपक्षमा २८ मत परेको छ । प्रस्तावको पक्षमा नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई, स्वतन्त्र प्रदेशसभा सदस्य एक र प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाको मत परेको थियो भने विपक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का छ प्रदेशसभा सदस्यको मत परेको थियो ।

    एसइईको नतिजा असार दोस्रो साताभित्र

    भक्तपुर ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा ९एसइई०को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ ।

    आज रासससँग कुरा गर्दै परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिनुभयो । 

    उहाँले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी अन्य काम तीव्र गतिमा भइरहेका बताउनुभयो । “हामीले उत्तरपुस्तीका परीक्षण र अङ्क अभिलेखको काम सकेका छौँ । प्राविधिक त्रुटि नदेखिए केही दिन अगाडि नै नतिजा प्रकाशित गर्न र कुनै समस्या भए दोस्रो साताभन्दा पर नजाने गरी काम भइरहेको छ । कर्मचारीका विभिन्न समूह बनाएर काम भइरहेकाले निर्धारित समयमै नतिजा सार्वजनिक गर्छौँ”, उहाँल्े भन्नुभयो । उहाँले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको जानकारीसमेत दिनुभयो ।

    १० महिनामा करिब १२ खर्ब विप्रेषण भित्रियो

    काठमाडौँ। चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले वृद्धि भए रु ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव एक प्रतिशतले वृद्धि भई नौ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव चार प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख ७४ हजार आठ सय ८७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ३७ हजार आठ सय ९३ रहेको छ ।

    विदेशी विनिमय सञ्चिति करिब साढे १९ खर्ब पुग्यो

    काठमाडौ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो  सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०÷८१ को दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार एक वर्षभन्दा बढी समयको वस्तु तथा सेवाको आयात धान्ने विनिमय सञ्चिति रहेको देखिएको हो ।

    विसं २०८० असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६ दशमलव दुई प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तमा रु १९ खर्ब ४२ अर्ब ४० करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा २४ दशमलव दुई प्रतिशतले वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ ।    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा २८ प्रतिशतले वृद्धि भई रु १७ खर्ब २२ अर्ब २ करोड पुगेको छ ।

    ठगीको मुद्दामा सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना  पक्राउ

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले   सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई  पक्राउ गरेको छ ।ठगीको मुद्दामा अनुसन्धानका लागि ८ जनालाई पक्राउ परेको एसपी होबिन्द्र बोटगीले जानकारी दिका हुन् ।

    यसअघि प्रहरीले कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा १५ फागुन २०८० मा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारीलाई पक्राउ गरेको थियो ।

    आज ५ बजेसम्म बैंकहरुको मोबाइल बैंकिंग नचल्ने

    काठमाडौँ । सोमबार ४ घण्टाको लागि बैंकहरुको मोबाइल बैंकिंग नचल्ने भएको छ। फोन पे ले डाटाबेस अपग्रेट गर्न लागेकोले बैंकहरुको मोबाइल बैंकिंग नचल्ने भएको हो।

    भुक्तानी प्रणाली सञ्चालक फोन पे ले एक सूचना प्रकाशित गर्दै डाटाबेस अपग्रेट गर्न लागेकोले ४ घण्टा सेवा अवरुद्ध हुने जनाएको छ । सोमबार दिउँदा १ बजेदेखि ५ बजेसम्म सेवा अवरुद्ध हुने ‘फोन पे’ ले जनाएको छ ।

    त्रिभुवन विमानस्थलबाट उड्ने दिउँसोका उडान समय ढिला हुन सक्ने, संकटकालीन अभ्यास हुँदै

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  सोमबार उडान भर्ने उडान निर्धारित समय भन्दा केही ढिला गरी उड्ने भएको छ ।संकटकालीन योजना अभ्यासका लागि त्रिभुवन विमानस्थलको उपयोग हुने हुँदा निर्धारित उडानहरूमा आधा घन्टासम्मको ढिलाइ हुने भएको हो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा हवाई उडान तथा सुरक्षा र मेडिकल एवम् उद्धारसँग सम्बद्ध विभिन्न निकायको सहभागितामा आज दिउँसो साढे १ देखि २ बजेसम्म विमानस्थल संकटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासमध्ये ‘एयरक्राफ्ट एक्सिडेन्ट इन एयरपोर्ट’ सम्बन्धी पूर्णकालीन अभ्यास हुन लागेको हो ।

    सो अवधिमा परेका उडान सेवा र त्यसपछिका सेवाहरू प्रभावित हुने भएको विमानस्थलले जानकारी सार्वजनिक गरेको छ ।

    पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं ।  पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ ।गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सहकारी घोटलाको रूपमा प्राइम बहुउद्देश्यीय सहकारी ठगी मुद्दामा डेढ अर्ब बढी बिगो र १२ वर्ष सम्मको जेल सजाय मागदाबी सहित मुद्दा दायर गरिएको हो ।

    प्रहरीको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सहकारी वकिलको कार्यालयले १ अर्ब ५७ करोड १५ रुपैयाँ बिगो र १२ वर्षसम्म जेल सजायको माग दाबीसहित ६६ जनालाई प्रतिवादी बनाइ आइतबार मुद्दा दायर ग¥यो ।सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्रमणि र व्यवस्थापक निरु थापाको योजनामा नागरिकले राखेको बचतबाट व्यक्तिगत घरजग्गा किन्ने, फर्जी खाता खोलेर रकम हिनामीना गर्ने, एजेन्ट नै राखेर मिटर ब्याजमा लगाउने तथा ऋणीबाट घरजग्गा उठाउनेजस्ता कार्य गर्ने सञ्चालक, मिटर ब्याजी र सरकारी कर्मचारीलाईसमेत मुद्दा लगाइएको छ ।

     

     
     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस