Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

असार ७ का दिन आगामी आर्थिक वर्षको बजेट पारित गराउने सरकारको योजना


नया सडक

२०८१, जेठ २९ मंगलबार

  • 585
    Shares

  • असार ७ का दिन आगामी आर्थिक वर्षको बजेट पारित गराउने सरकारको योजना

    काठमाडौं । प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरिएको छ ।संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा यस्तो देखिएको हो ।

    संसद सचिवालयको सो क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरिएको छ ।
    अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट वाचन गरेका ल्याएका थिए ।

    बजेटमाथि सामान्य छलफल सकिएको छ । आज मंगलबारदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु हुने कार्यक्रम छ ।मंगलबार चारवटा मन्त्रालयअन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् ।असार ७ गतेसम्म बजेटको शीर्षकगत छलफल चल्ने र  सोही दिन बजेट पारित गर्ने संसदीय क्यालेन्डरमा उल्लेख  गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस