Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images
राष्ट्रियसभा

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारित


नया सडक

२०८१, जेठ २९ मंगलबार

  • 492
    Shares

  • सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारित

    काठमाडौँ ।राष्ट्रियसभाबाट ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सर्वसम्मतले पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विधेयक प्रस्तुत गर्नुभएको थियो । त्यसअघि प्रस्तुत विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यस विषयमा समितिमा पर्याप्त छलफल भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो,“यो विधेयकमा जनताको दैनिक काराबोर खासगरी धितोसम्बन्धी व्यवस्था छ । उत्पादनमूलक व्यवसाय माछापोखरी, फलफूल बगान, पशु फार्म आदिमा धितोको व्यवस्था हुनेछ । यो संशोधनपछि थप व्यावहारिक र समयसापेक्ष हुन्छ ।” विधेयकमाथिको छलफलमा सांसदद्वय देवेन्द्र दाहाल र कमला पन्तले भाग लिइ आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

    यसैगरी बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचाँै वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक आगामी असार ४ मङ्गलबार १ः१५ बजे बस्ने छ ।(रासस)

    प्रतिक्रिया दिनुहोस