Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्द


नया सडक

२०८१, जेठ ३० बुधबार

  • 459
    Shares

  • वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्द

    काठमाडौँ  । आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

    अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा आज बिहान सवा पाँच बजेदेखि सुरु हुने भनिए तापनि निरन्तर वर्षा भएपछि खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले समान एक–एक अङ्क बाँडेका छन् । 

    विश्वकपमा नेपालले दुई खेलमा एक अङ्क जोडेको छ भने तीन खेलबाट श्रीलङ्काको पनि समान एक अङ्क नै छ । नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ । विश्वकपको समूह ‘डी’ मा रहेको  दक्षिण अफ्रिका तीन खेलमा छ अङ्कका साथ सुपर आठमा प्रवेश गरिसकेको छ । बङ्गलादेश र नेदरल्यान्ड्सको समान दुई खेलबाट समान दुई–दुई अङ्क नै छ । 

    नेपालले अब वेस्टइन्डिजमा यही जेठ ३२ गते दक्षिण अफ्रिकासँग खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस