काठमाडौं । हिमालयन बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५० लाख ९१ हजार ८१८ कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका ६ जना संस्थापकले सेयर बिक्री गर्न लागेका हुन् । यसमा हिमालयन बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज जेठ ३० गतेदेखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।