काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्सले हाल कायम चुक्ता पुँजीमा १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्न भोलि बिहीबार जेठ ३१ गते विशेष साधारण सभा बस्ने भएको छ ।
विशेष सभाबाट प्रस्ताव पारित भएपछि हकप्रद निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ । बोर्डले अनुमति दिएपछि हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ । कम्पनीको विशेष साधारण सभा आम्रपाली ब्यांकेट टंगाल काठमाडौंमा बिहान १०ः३० बजे बस्नेछ ।