Logo

Sep 17 2024 | २०८१, असोज १गते

images
निगरानी

बाबुलाल अग्रवालको  भोटेबहालस्थित  “जिन भवानी इम्पेक्स एन्ड कम्पनी”द्वारा क्लिप काँटा र लेडिज अन्डर गार्मेन्ट आयात र बिक्री वितरणमा ठुलो मात्रामा राजस्व छली


नया सडक

२०८१, जेठ ३० बुधबार

  • 2.4k
    Shares

  • बाबुलाल अग्रवालको  भोटेबहालस्थित  “जिन भवानी इम्पेक्स एन्ड कम्पनी”द्वारा क्लिप काँटा र लेडिज अन्डर गार्मेन्ट आयात र बिक्री वितरणमा ठुलो मात्रामा राजस्व छली

    काठमाडौं । काठमाडौंको भोटे बहालमा रहेको जिन भवानी इम्पेक्स, राज ट्रेड कन्सर्नलगायतका कम्पनीले ठुलो मात्रामा राजस्व छलेको पाइएको छ ।बाबुलाल अग्रवाल र उनका छोरा अमित अग्रवालले सञ्चालन गर्दै आएको जिन भवानी इम्पेक्स(भोटेबहाल)लगायतका कम्पनीहरूले क्लिप काँटा, लेडिज अन्डर गार्मेन्टलगायतका वस्तुहरूको आयात र बिक्री वितरण गर्दा ठुलो मात्रामा राजस्व छली गरिरहेका हुन् ।

    विगत लामो समयदेखि क्लिप काँटा , महिलाहरूले प्रयोग गर्ने विभिन्न प्रकारका वस्तु तथा महिलाकै अन्डर गार्मेन्ट आयात र बिक्री वितरण गर्दै आएका बाबुलाल  अग्रवाल/अमित अग्रवाल क्लिप काँटाको इम्पोर्ट र होलसेल व्यवसाय गर्नेहरू मध्येका ठुला व्यापारी हुन् ।काठमाडौंको भोटेबहालमा अफिस र भोटेबहालमै शोरुम तथा गोदाम गरेका उनीहरूले जिनभवनाी इम्पेक्सलगायतका कम्पनी सञ्चालन गर्दै आएका छन् ।

    भोटेबहालमै बाबुलालका भाइ सुरेश अग्रवालले समेत क्लिप काँटाकै कारोबार गर्छन् । एक जमानामा भाटभटेनीलगायतका सुपर मार्केटहरूमा एकछत्र राज जमाएका यिनीहरू मध्येका एक भाइले कस्मेटिक वस्तुको कारोबार गर्छन् । क्लिप काँटा तथा कस्टमेटिक र लेडिज अन्डरगार्मेन्टको कारोबार गर्दै आएको यिनीहरूले विगत लामो समयदेखि विभिन्न शीर्षकमा राजस्व छल्दै आएका छन् ।बाबुलाल र अमित अग्रवालले क्लिप काँटा र लेडिज अन्डरगार्मेन्टको कारोबार गर्दा  अन्डर बिलिङमा इम्पोर्ट गर्ने , सामान बिक्री गर्दा भ्याट बिल नदिने, भ्याटबिल दिएपनि न्यून मूल्यको दिने  तराई मूलका एक व्यापारीले नाम नखुलाउने शर्तमा नयाँ सडकलाई बताए ।
    बाबुलाल तथा अमित र सुरेशले क्लिप काँटा र अन्डर गार्मेन्टको कारोबार गर्छन भने अर्का भाइ दयाशंकर अग्रवालले कस्मेटिकको कारोबार सम्हाल्दै आएका छन् ।

    यससम्बन्धमा बाबुलाल अग्रवालसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन् । उनका छोरा अमित अग्रवाललाई सम्पर्क गर्दा पत्रिकाको नाम सुन्ने बित्तिकै उनले फोन काटेका थिए ।यता राजस्व अनुसन्धान विभागले राजस्व छली र चुहावट गर्ने जो कोहीलाई कारबाही गर्ने बताएको छ ।

    प्रतिक्रिया दिनुहोस