Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

जीवन-मरणको सम्बन्ध दर्शाउने प्रतिस्थापन कला


नया सडक

२०८१, जेठ ३० बुधबार

  • 522
    Shares

  • जीवन-मरणको सम्बन्ध दर्शाउने प्रतिस्थापन कला

    काठमाडौँ । चितामा लास छ । छेवैमा अगरबत्तीको मन्द वासना आइरहेको छ, नजिकै रातो कपडामा गरगहना, पुरस्कार, धन, सम्पत्ति, कागजात र हवाई टिकट देखिन्छ । वरिपरि खादा र ध्वजापताका, केहीपर लास जलाउन चाहिने काठका मुढा । मृत व्यक्तिको शरीरभरि ट्याटु छ । घोटिएका पैताला, घाँटी र कम्मरमा चोट छन् ।

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा रहेको कलाकार टासी शेर्पाको ‘मरी लानु के छ र’ शीर्षकमा बनाइएको प्रतिस्थापन कलाको चित्रण हो यो । यो कलाले वास्तविक घटनाको अनूभूति दिलाउँछ । यहाँ जीवनको यथार्थलाई प्रत्यक्ष देखाइएको छ । एउटा मानिस बाचुन्जेल धन कमाउन इष्र्या, घमण्ड, लोभ, लालचमा समाहित हुन्छ तर उहाँको सिर्जनाले जस्तो जन्मियो त्यस्तै जाने हो, लोभ, मोह व्यर्थ हो भन्ने सन्देश दिएको छ । 

    “त्यो मानिसभित्रको दुखी आत्मालाई हटाउन मद्दत मिल्छ की भनेर प्रयास गरेको हुँ”, कलाकार शेर्पा भन्नुहुन्छ, “बाँचुञ्जेल लोभलालच नगरौँ, एक अर्कालाई समान र माया गरौँ भन्न खोजिएको हो ।” उहाँका अनुसार यो कलाले जीवनको सादगी र अनन्ततालाई जोड दिन्छ । 

    ठोस स्थायी सम्पत्तिको प्रतीक छेवैमा छ । मान्छेले बडो जतनका साथ भौतिक सम्पत्ति ९गहना, पैसा, पुरस्कार र कागजात० जोडेर राखेको हुन्छ । उहाँले त्यो सम्पत्ति क्षणिक हो भनेर मार्मिक रुपमा प्रस्तुत गर्नुभएको छ । यहाँ कला हेर्न पुगेका कतिपय डराउँछन् । कतिपय वास्तविक शव ठानेर टाढै बस्छन् । कोही नजिक पुगेर पनि तर्किन्छन् । वास्तविकता चाल पाएपछि बल्ल खुल्दुली मेटाउन खोज्छन् ।

    कलाकार शेर्पा आफैँ ट्याटु आर्टिष्ट भएकाले सिलिकन रबरबाट बनेको शवमा उहाँले ट्याटु खोप्नुभयो । नेपालका नेवार र थारु समुदायले ट्याटु प्रयोग गर्छन् । मरेर स्वर्ग जाँदा लैजान पाइने त्यही ट्याटु हो भन्ने गरिन्छ । त्यसैले ट्याटु खोपेर इतिहास सम्झाउन खोजेको उहाँले सुनाउनुभयो । 

    विभिन्न कारणले युवाहरुको अकालमा मृत्यु हुने गरेको छ । त्यसलाई प्रतिविम्बित गर्न घाँटी र कम्मरमा घाउचोट देखाएको उहाँले बताउनुभयो । मानिसको जतिबेला पनि मृत्यु हुन सक्छ, लोभ मोह, इष्र्या क्षणिक हुन्, त्यसलाई त्यागौँ भन्ने सन्देश उहाँले कलाको माध्यमबाट दिनुभएको छ । रातो कपडामा राखेको हवाई टिकटले वैदेशिक रोजगारमा गइरहेकाहरुलाई प्रतिबिम्बित गर्छ । शेर्पाले भन्नुभयो “व्यक्तिले जिन्दगीलाई कुर्वानी गरेर विदेश गएका हुन्छन्, परिवार र धन, सम्पतिका लागि तर के उ खुसी छ त रु जसको लागि गरिरहेको हो उनीहरुबाट प्रशंसा पाइरहेका छन् त रु भनेर देखाउन खोजेको हो ।”

    यस कलाले मानिसलाई अस्थायी उपलब्धिभन्दा अर्थपूर्ण अनुभव र सम्बन्धलाई प्राथमिकता दिन प्रोत्साहित गरेको कला हेर्न पुगेका दर्शकहरु बताउँछन् । उक्त कलाले जारी राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ मा राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेको छ । 

    प्रतिक्रिया दिनुहोस