Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योग पुनः सञ्चालनमा ल्याउन प्रधानमन्त्री प्रचण्डको जोड


नया सडक

२०८१, जेठ ३१ बिहीबार

  • 306
    Shares

  • सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योग पुनः सञ्चालनमा  ल्याउन प्रधानमन्त्री प्रचण्डको जोड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योग पुनः सञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

     प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

    विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योगहरू धरासायी भएको बताउँदै छलफलमा प्रधानमन्त्री प्रचण्डले  ती उद्योगहरू पुनः सञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित अध्ययन जरुरी भएको बताए ।

    प्रधानमन्त्री प्रचण्डले सार्वजनिक निजी साझेदारीको मोडेलमा उद्योगहरू पुनः सञ्चालन गर्ने नीतिमा राज्यका सबै निकायहरू प्रष्ट हुनुपर्ने बताए ।

    छलफलमा अर्थमन्त्री वर्षमान पुन, उद्योगमन्त्री दामोदर भण्डारी, मुख्य सचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, उद्योग सचिव कृष्ण राउत लगायत उपस्थित थिए ।

    प्रतिक्रिया दिनुहोस