Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक सङ्कटमा पर्छ सांसद केसी


नया सडक

२०८१, जेठ ३१ बिहीबार

  • 360
    Shares

  • आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक सङ्कटमा पर्छ सांसद केसी


    काठमाडौ । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक सङ्कटमा पर्ने भन्दै सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकअन्तर्गत विभिन्न मन्त्रालयगत विनियोजन विधेयक, २०८१ माथि भएको छलफलमा उहाँले आयात प्रतिस्थापन गर्नुपर्ने उल्लेख गर्नुभएको हो । औद्योगिक क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्नुपर्ने सांसद केसीले बताउनुभयो । “गत वर्षभन्दा करिब एक प्रतिशत औद्योगिक उत्पादन कम भएको छ, निजी क्षेत्र निराश छ । उनीहरूलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्नुपर्छ”, उहाँले भन्नुभयो, “आयात प्रतिस्थापन र निर्यात वृद्धिमा गम्भीर हुन नसकेमा राष्ट्रिय अर्थतन्त्र सङ्कटमा पर्छ” । सांसद केसीले पैतालीस प्रतिशत वनजङ्गलले ओगटे पनि १८ अर्ब मूल्य बराबरको फर्निचर आयात भइरहेकाले यसलाई रोक्न पहल गर्नुपर्ने बताउनुभयो ।

    मुलुकको अर्थतन्त्र विकासका लागि कृषि प्रमुख क्षेत्र रहे पनि मल नपाउँदा बर्सेनि किसानहरू समस्यामा परेकाले आवश्यकताअनुसार मल आपूर्ति गर्न उहाँले सुझाव दिनुभयो । डोजर आतङ्कका कारण प्राकृतिक विपत्ति निम्तिन सक्ने भएकाले सरकार गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  भूमि व्यवस्थापनबारे सरकारले गम्भीर रूपमा छलफल अगाडि बढाउनुपर्ने सांसद केसीले बताउनुभयो । “अहिलेसम्म सुकुम्बासी आयोग गठन भए पनि समस्या जस्ताको तस्तै छ, कसरी समाधान गर्ने भन्नेमा सरकार गम्भीर हुनुपर्छ”, उहाँले भन्नुभयो, “धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ ।” सहकारी ठगहरूलाई सरकारले कारबाहीको दायरामा ल्याउनुपर्नेमा सांसद केसीले जोड दिनुभयो । गरिबी न्यूनीकरणका लागि ठोस कार्यक्रम र नीति आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा उल्लेख नभएको भन्दै उहाँले रोजगार समस्या र गरिबी निवारणमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस