Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

जनावर तथा पशुपंक्षीको अधिकारबारे सचेतना जगाऔँ भनी एनिमल नेपालको आह्वान


नया सडक

२०८१, जेठ ३२ शुक्रबार

  • 435
    Shares

  • जनावर तथा पशुपंक्षीको अधिकारबारे सचेतना  जगाऔँ भनी  एनिमल नेपालको आह्वान

    काठमाडौ । पशुपंक्षी र जनावरहरूको पनि स्वतन्त्र र सहज रूपमा, बिना पीडामा बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने अधिकारकर्मीहरूले माग गरेका छन् । मानिसहरूले पशुपक्षीहरू तथा जनावरहरूलाई आफ्नो स्वार्थका  लागि उनीहरूलाई दुःख पीडा दिने गरेकोमा यस्तो गर्न नहुने भन्दै यस्तो माग गरिएको हो ।

    जनावरहरू तथा पशुपक्षीहरूले पनि स्वतन्त्र रूपमा, बिना पीडा र आरामदायी रूपमा बाँच्न पाउनु पर्ने वकालत एनिमल नेपालले डेढ दशकदेखि गर्दै आएको छ । सन् २००९ देखि निरन्तर जनावर तथा पशुपक्षीहरूको अधिकार स्थापना गरी उनीहरूको जीवन सहज बनाउनको लागि काम गर्दै आएको एनिमल नेपालले सो विषयमा हालै एक अन्तरक्रिया गरी यस्तो विषयमा जानकारी दियो ।

    एनिमल नेपालकी प्रमुख सुरक्षणा राणाले असार १ गतेका दिन पर्न गएको इन्टरनेसनल वर्किङ एनिमल्स डे एन्ड ब्यान लाइभ एक्सपोर्ट्स इन्टरनेसनल अवाएरनेस ट्वेन्टीट्वेन्टी फोरलाई लक्षित गरी यो छलफलको आयोजना गरेको बताइन् ।

    प्रतिक्रिया दिनुहोस