Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

निओ मनि ट्रान्सफर र ट्रान्स्फर रेपिडबीच सहकार्य


२०८१, जेठ ३२ शुक्रबार

  • 558
    Shares

  • निओ मनि ट्रान्सफर र ट्रान्स्फर रेपिडबीच सहकार्य

    काठमाडौ । रोमानियाबाट सहजै रेमिट्यान्स् पठाउन सकिने निओ मनि ट्रान्सफर र रोमानियाको ट्रान्स्फर रेपिडबीच सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि रोमानियामा बसिरहनु भएका नेपाली दाजुभाई दिदी बहिनीहरुले आफ्ना प्रियजनहरूलाई सुरक्षित र सहज रुपमा पैसा पठाउन सक्नेछन् ।

    नयाँ सहकार्यबारे निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले बताए “हामी अब ट्रान्स्फर नरेपिडसंगै नयाँ साझेदारीको घोषणा गर्न पाउँदा निकै उत्साहित छौं । निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनिट्रान्सफर कम्पनी हो । वैदेशिक रोजगारीको खोजीमा रहेका नेपालीहरुको रोजाइको गन्तव्यमा अहिले रोमानिया निकै आकर्षक गन्तव्य हो । हाल रोमानियामा २२,००० भन्दा बढी नेपालीहरु काम गर्नका साथै बसोबास गरिरहेका छन् । neo 2.jpg

    रोमानियामा रहेका नेपालीहरुले अब ट्रान्स्फर रेपिडबीचको शाखाहरु, वेबसाइट पोर्टल र मोबाइल एप्लिकेसनबाट छिटो र प्रभावकारी रुपमा नेपालमा पैसा पठाउँन सक्नेछन् । बैंक तथा वालेटबाट भुक्तानी कारोवारहरु निओ मनि ट्रान्सफरको  प्रविधिबाट तुरुन्तै सेवाग्राहिहरुको खातामा भुक्तानी दिइनेछ । साथै नगदमा पठाइएको कारोवार पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका १५,००० भन्दा धेरै शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ । 

    प्रतिक्रिया दिनुहोस