Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

वाणिज्य बैंकहरुले ब्याजदर सामान्य घटाए


नया सडक

२०८१, असार १ शनिबार

  • 531
    Shares

  • वाणिज्य बैंकहरुले ब्याजदर सामान्य घटाए

     वाणिज्य बैंकहरूले असार महिनाका लागि ब्याजदर सामान्य घटाएका छन् । शुक्रबार सार्वजनिक गरेको ब्याजदरअनुसार सञ्चालित २० वाणिज्य बैंकमध्ये ६ वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर स्थिर राखेका छन् । तर, चार वाणिज्य बैंकले ब्याजदर बढाएका छन् । १० वाणिज्य बैंकले भने ब्याजदर घटाएका छन् ।

    असारका लागि २० वाणिज्य बैंकको औसत ब्याजदर ६.८७६ प्रतिशत छ । जेठमा यी वाणिज्य बैंकको औसत ब्याजदर ६.९७३ प्रतिशत थियो ।

    प्रतिक्रिया दिनुहोस