Logo

Jun 25 2024 | २०८१, असार ११गते

images

काठमाडौं महानगरपालिका नगर सभामा एक्लिए मेयर बालेन


नया सडक

२०८१, असार २ आइतबार

  • 297
    Shares

  • काठमाडौं महानगरपालिका नगर सभामा एक्लिए मेयर बालेन

    काठमाडौं ।  काठमाडौं  महानगरपालिकाका कार्यपालिका सदस्यहरूले मेयर बालेनलाई नगर सभामा एक्ल्याइ दिएका छन् ।नगर सभामा नेपाली कांग्रेस र नेकपा एमाले पाटी आबद्ध वडा अध्यक्षहरूले नगर सभा बहिष्कार गरेपछि मेयर बालेन एक्लिन पुगेका हुन् ।

    images

    वडा अध्यक्षहरू सहभागी नभएपछि नगर सभाको बैठक स्थगित भएको उनले घोषणा गरे ।आइतबार बसेको कार्यपालिका बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५ औँ बैठक स्थगित भयो ।

    आइतबारको बैठक सुरु हुनासाथ मेयर शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे बोल्न चाहनेलाई ५ मिनेटको समय दिए लगत्तै कार्यपालिका सदस्यहरूले बैठक छाडेर हिँडेका थिए । 

    बैठक स्थगित भएपछि मेयर शाहले आक्रोशित हुँदै सामाजिक सञ्जालबाट कांग्रेस–एमालेको धङधङी बोकेर नगरसभा बैठकमा नआउन चेतावनी दिए ।

    प्रतिक्रिया दिनुहोस