Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

व्यापारिक समूहबीचको टकरावले धितोपत्र बोर्डको अध्यक्ष चुन्न सकस


नया सडक

२०८१, असार २ आइतबार

  • 534
    Shares

  • व्यापारिक समूहबीचको टकरावले धितोपत्र बोर्डको अध्यक्ष चुन्न सकस

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि छनोट सूचीमा परेका पाँच जना उम्मेदवारमध्ये तीनजना अन्तर्वार्तामा अनुपस्थित रहेका छन् ।राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा छनोट समितिले उनीहरूलाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाएपनि उनीहरू अनुपस्थित भएका हुन् ।

    अनुपस्थित हुनेहरूमा अर्थ मन्त्रालय  मातहत रहेको धितोपत्र बोर्डका सबैभन्दा वरिष्ठ कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की हुन् । सोही निकायमातहत काम गरिरहेका दुई वरिष्ठ कर्मचारी अन्तर्वार्तामा नै नआउनु भनेको हदैसम्मको गैरजिम्मेवारी भएको मन्त्रालयका अधिकारीहरूको भनाइ रहेको छ ।
    उनीहरूका अनुसार यो सरासर सरकारी आदेशको अवज्ञा हो ।

    सर्टलिस्टमा परेका ५ जनालाई कार्ययोजना प्रस्तुत गर्न तथा अन्तरर्वार्ताका लागि आइतबार ९ बजे बोलाएको थियो । दिउँसो १२ ः ४५ भित्र उपस्थित हुनेसँग अन्तर्वार्ता लिने गरी समय तय भएको थियो । तर, धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र अर्का प्रतिस्पर्धी सन्तोषनारायण श्रेष्ठ दुईजना मात्रै उपस्थिति भए । अधिकारी, कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं उपस्थित भएनन् ।

    धितोपत्रसम्बन्धी ऐनको दफा ७ को उपदफा ४ मा समितिले नाम सिफारिस गर्दा यस ऐनबमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्नेछ  भनी गरिएको व्यवस्था बुझेका कर्मचारीहरूले छनोट प्रक्रिया प्रभावित गर्न खोजेको चालबाजी भएको कतिपयको बुझाइ छ ।

    स्टक एक्सचेन्जको लाइसेन्स लिनका लागि इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्ट र गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोसहित अरु ठूला व्यवसायिक घरानाबीच  प्रतिस्पर्धा छ।क्त लाइसेन्स दिने प्रक्रियामा विभिन्न स्वार्र्थसमूह र व्यापारिक समूहबीचको टकराव भएपछि नेतृत्व चयनमा समस्या उत्पन्न भएको बुझाइ छ । 

    प्रतिक्रिया दिनुहोस