Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग


नया सडक

२०८१, असार ३ सोमबार

  • 441
    Shares

  • मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग

    काठमाडौँ ।  नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले तत्काल कानुनबमोजिम दर्ता भएका उद्योग नवीकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।
         
    महासङ्घले कानुनबमोजिम दर्ता भई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योग नवीकरण गरी सञ्चालन गर्ने वातावरण निर्माणको माग गर्दै आज सरकारको ध्यानाकर्षणका लागि शान्तिपूर्ण विरोध र्‍याली गरेको थियो ।

    महासङ्घका महासचिव पुरुषोत्तम रेग्मीले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालित मापदण्ड पुगेका क्रसर उद्योगको तत्काल नवीकरण गरी क्रसर उत्पादन, उत्खनन तथा बिक्री वितरण गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनुभयो । “तत्कालीन कानुनअनुसार दर्ता भई सञ्चालन अनुमति प्राप्त गरी सञ्चालित क्रसर, खानी तथा बालुवा उद्योगको नवीकरण गरी सहजरूपमा काम गर्ने वातावरण बनाउन आवश्यक छ । यसमा सरकारको ध्यानाकर्षण गराएका छौँ”, उहाँले भन्नुभयो । 

    महासचिव रेग्मीले विसं २०७९ माघ ११ गतेको मन्त्रिपरिषद्ले गरेको निर्णयलाई आजसम्म कार्यान्वयन नगर्दा क्रसर उद्योगी ठूलो मारमा परेका उल्लेख गर्नुभयो । कानुनसम्मत दर्ता भएर पनि नवीकरण नभएका उद्योगले नेपाल सरकारलाई तिर्नुपर्ने कर तिरेर नवीकरण गरी सञ्चालन गर्ने विषयमा सरकारले तत्काल निकास दिनुपर्ने उहाँको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस