Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

पेट्रोलियम पदार्थ ढुवानी चालकसँग सरकारको बार्ता ,आजैबाट आन्दोदन फिर्ताको संभावना


२०८१, असार ३ सोमबार

  • 474
    Shares

  • पेट्रोलियम पदार्थ ढुवानी चालकसँग सरकारको बार्ता ,आजैबाट आन्दोदन फिर्ताको संभावना

    काठमाडौँ । पेट्रोलियम पदार्थ ढुवानी चालकसँग सरकारको बार्ता सुरु गरेको छ ।  विभिन्न ७ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका पेट्रोलियम ट्यांकर चालकसँग सरकारले छलफल सुरु गरेको हो । हिजो आइतबारदेखि आन्दोलनमा उत्रिएका चालकसँग आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता सुरु भएको छ  । पेट्रोलियम ट्यांकर चालक संघको नेतृत्वमा भएको आन्दोलनका कारण काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थ ९डिजेल–पेट्रोल० को ढुवानी ठप्प छ ।

    चालक संघले मजदुर विगतदेखि नै न्यून सेवा सुविधामा काम गरिरहेको जनाएको छ । ट्यांकर चालक मजदुरको समस्या समाधान गर्न आयल निगम, उद्योग वाणिज्य मन्त्रालय र सम्बन्धित निकाय लचिलो हुने र आजैबाट आन्दोलन फिर्ता हुने संभावना रहेको बताईएको छ । 

    प्रतिक्रिया दिनुहोस