Logo

Apr 18 2025 | २०८२, वैशाख ६गते

Apr 18 2025 | २०८२, वैशाख ६गते

images

ट्यांकर चालक संघको माग सम्बोधन गर्न सरकार तयार, संघको आन्दोलन फिर्ता

ट्यांकर चालक संघको माग सम्बोधन गर्न सरकार तयार, संघको आन्दोलन फिर्ता

  • काठमाडौं । सरकारले माग सम्बोधन गर्ने भएपछि नेपाल पेट्रोलियम ट्यांकर चालक संघ आन्दोलनले  फिर्ता लिने भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग भएको छलफलपछि संघले आन्दोलन फिर्ता लिने भएको हो । 

    वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेको संयोजनमा भएको छलफलमा संघले उठाएका मागहरू सम्बोधन गर्न समिति गठन गर्ने लगायतका विषयमा सहमति भयो ।उक्त समितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यादेश दिइने छ ।

    निगमको नायब कार्यकारी निर्देशकको संयोजनमा बन्ने समितिले बुझाएको प्रतिवेदनका आधारमा निगमले समस्या समाधान गर्ने सहमति भएको निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी सार्वजनिक गरेका हुन् ।ट्यांकर व्यवसायीले आन्दोलन फिर्ता लिएर इन्धन ढुवानी गर्न राजी भएको उनले बताए ।

    नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघले चालक, सहचालकले श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थापनलगायत ७ बुँदे माग राखेर  आनदोलन सुरु गरेको थियो । यसक्रममा उनीहरूले आइतबारदेखि थानकोट डिपोबाट इन्धन उठाउन रोकेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij