Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

करेन्ट चाउचाउ उपभोक्तालाई ढुक्कसाथ उपभोग गर्न यशोदा फुड्सको आग्रह


नया सडक

२०८१, असार ४ मंगलबार

  • 516
    Shares

  • करेन्ट चाउचाउ उपभोक्तालाई ढुक्कसाथ उपभोग गर्न  यशोदा फुड्सको  आग्रह

    काठमाडौं ।ढुक्कसाथ करेन्ट चाउचाउ उपभोग गर्न यशोदा फुड्स प्रालिले आम उपभोक्तालाई आग्रह गरेको छ । यशोदा फुड्स प्रालिले  एक विज्ञप्ति निकाली उक्त कुरा बताएको हो ।

    देश र विदेशको चाउचाउ बजारमा लोकप्रियताको नयाँ मानक स्थापित गर्दै आएको नेपाली उत्पादन करेन्ट चाउचाउले प्याक किन्दा मिति चेकजाँच गरी लिन आग्रह गरेको छ ।करेन्ट  चाउचाउको प्याकेटमा मिति चेकजाँच लिएर उपभोग गर्दा कहिल्यै फरक नपर्ने जनाउँदै उत्पादक कम्पनी यशोदा फुड्स प्रालिले यस्तो आग्रह गरेको हो ।

    नेपाली उत्पादनको विदेशी बजार विस्तार गर्दै प्रत्यक्ष अप्रत्यक्ष गरी हजारौँ नेपाली दाजुभाई दिदीबहिनीलाई रोजगार लुट्ने गरी कम्पनीका उत्पादनहरूका बारेमा प्रायोजितरूपमा भ्रम फैलाइएको जनाउँदै कम्पनीले उपभोक्तालाई  विश्वास दिलाएको छ ।कम्पनीले विदेशी चाउचाउ पैठारीमा राज्यको अर्बौँ  रुपैंया विदेशिन जोगाएको छ ।  नेपाली किसान दाजुभाई दिदिबहिनीहरुबाट उत्पादित अकवरे खुर्सानी, गुन्दु्रक, तामा, टिमुर, फापर, कोदो, नेपाली उद्योगबाट उत्पादित मैदा लगायतका विभिन्न कृषि उपज प्रयोग गरी नेपालमा नै अन्तर्राष्ट्रियस्तरको स्वादिलो चाउचाउ लगायतका विभिन्न स्न्याक्सहरु उत्पादन गरी ठुलो धनराशी विदेश जानबाट रोक्ने गरेको छ । 

    करिब १ हजार नेपाली दाजुभाई दिदीबहिनीहरुलाई प्रत्क्षय रुपमा तथा सयौं डिलर बिक्रेता मार्फत अन्य हजारौं नेपालीहरुलाई रोजगारी दिलाउन सफलता पाएको  यशोदा फुड्स प्रालिले  जनाएको छ । करेन्ट चाउचाउका उत्पादक कम्पनीले आफ्ना  उत्पादनहरु स्वदेश तथा भारत, जापान, युएई, बहराईन, न्यूजिल्याण्ड, अमेरीका, अष्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानाडा, इटाली लगायतका देशहरुमा समेत निर्यात गरिरहेको छ । विदेशका  उपभोक्ताहरूको रोजाईमा परेको र विदेशमा समेत ख्याती कमाउँदै हरेक नेपालीहरुको जिब्रोमा बस्न सफल यशोदा फुड्सका उत्पादनहरु प्रयोगशाला परीक्षणका प्रमाण पत्र गरेको छ ।  नेपाल सरकारले जारी गरेको खाद्य सुरक्षा मापदण्ड बमोजिम उत्पादन गरी बजारमा पठाई रहेको जनाउँदै कम्पनीले ६० करोड नेपाली रुपैया भन्दा बढीका उत्पादन चालु वर्षमा विभिन्न देशमा निर्यात गरी सो बराबरको विदेशी मुद्रा आर्जन गर्न उद्योग सफल भएको जनाएको छ ।

    Current Noodles LOGO.png

    यशोदा फुड्सले आप्mनो उत्पादनको गुणस्तर (क्वालीटी) मा विशेष सजगता अपनाइ आएको जनाउँदै उद्योग स्वच्छ व्यापारिक  प्रतिस्पर्धाबाट अगाडी बढ्न चाहेको र कुनै कपोलकल्पित फण्डा तयार गरी आम उपभोक्ता महानुभावहरुको भावनामा माथि खेलवाड नगरेको, गर्न नचाहेको जनाएको छ । कम्पनीले  त्यस्ता कुतत्वहरु प्रति सचेत रहन आग्रह गर्दै कम्पनीले उद्योगलाई बदनाम गराउन प्रायोजित रुपमा हुदै नभएको विषयलाई अतिरन्जित तरिकाले बिना प्रमाण भ्रामक समाचार तयार गरी प्रसारण गर्नेहरु प्रति उद्योग सजग रहेको जनाएको छ । 

    हालैका दिनमा केही व्यक्तिहरुले सामाजिक सञ्जालको दूरुपयोग गरी कपोलकल्पित समाचार बनाएको पाइएको प्रति उद्योगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कम्पनीले यस्ता मनोगढन्त , कपोलकल्पित र काल्पनिक कुराहरुको पछाडि नलागि यस उद्योगका उत्पादनहरुको उत्पादन मिति चेकजाँच गरी ढुक्कसँग उपभोग गर्नुहुन र बजारमा म्याद समाप्त भएका अर्थात उपभोग मिति समाप्त भएका उत्पादन प्रयोग नगर्न  अपिल समेत गरेको छ ।

    देशमा बेरोजगारी बढिरहेको अवस्थामा हजारौं नेपाली दाजुभाई दिदीबहिनीहरुलाई रोजगारी, करोडौं विदेशी मुद्रा आर्जन गर्ने, सराकारलाई राजस्वमा करोडौंको योगदान गर्ने र नेपाली कृषि उपजको सदुपयोग गरी उत्पादन तयार गर्ने, समय–समयमा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरुलाई स्थलगत अवलोकन गराई उत्पादनको बारेमा जानकारी गराउने गरेको यस उद्योगलाई निहित स्वार्थ पुरा गर्न अनावश्यक दुख दिने नियतले केही स्वार्थी तत्वहरुले  कपोलकल्पित समाचार बनाउन लगाउने गरेको कम्पीले जनाएको छ । कम्पनीले यस्ता कपोलकल्पित समाचार  बनाउने र प्रसारण गर्नेहरु विरुद्ध प्रचलित साइबर कानुन लगायतका प्रचलित नेपाल कानुन बमोजिम कारबाही गर्नका लागि उद्योगले आवश्यक पहल कदमी लिइ सकेको पनि कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस