Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

बेष्ट फाइनान्सको साढे ३ लाख कित्ता सेयर लिलामी बिक्री खुला


नया सडक

२०८१, असार ४ मंगलबार

  • 480
    Shares

  • बेष्ट फाइनान्सको साढे ३ लाख कित्ता सेयर लिलामी बिक्री खुला

     

    काठमाडौं । बेस्ट फाइनान्सको आजदेखि ३ लाख ५६ हजार ७४.५७ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । लगानीकर्ताले यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । कम्पनीले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको हो । 

    आवेदकले न्यूनतम १००० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले असार ११ गतेसम्म शिलबन्दी बोलपत्रमा आवेदन पेश गर्नुपर्नेछ । 

    लगानीकर्ताले बेष्ट फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा तथा यसका शाखा कार्यालयहरु मिलन चोक, बुटवल, नेपालगञ्ज, इटहरी, नारायणघाट, घोराही, चितवन, विरगंज र पोखराबाट आवेदन दिन सक्नेछन् । 

     

    प्रतिक्रिया दिनुहोस