Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

शेयर बजार : नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ विन्दुमा ,३ अर्ब ८७ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, असार ६ बिहीबार

  • 495
    Shares

  • शेयर बजार : नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ विन्दुमा ,३ अर्ब ८७ करोडभन्दा बढीको कारोबार

    काठमाडौं ।  आज नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ विन्दुमा आएको छ । यस दिन ३ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । फाइनान्स समूहमा बढी चमक आएको छ । म्युचुअल फन्ड समूह पनि बढेको छ । आज अरु समूहका सूचक भने घटेका छन् ।

    यस दिन ३०६ कम्पनीको ८६ लाख ६३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड १४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा माउन्टेन इनर्जी नेपाल अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी र सीइडीबी हाइड्रोपावर परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस