Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ : ३६ बजे


नया सडक

२०८१, असोज ५ शनिबार

  • 81
    Shares

  • विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ : ३६ बजे

    काठमाडौं । नेपाल पञ्चांङ निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ : ३६ बजेका लागि उत्तम रहेको जनाएको छ । त्यस दिन बिहान ८ : ३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । 

    विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उनले बताए । यस वर्षको नवरात्र अर्थात् दसैँ यही असोज १७ गते बिहीबारदेखि सुरु हुँदैछ । त्यस दिन बिहान ९ स् १६ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ । 

    साथै असोज १८ गते शुक्रबार झण्डा फर्ने (पश्चिम मोहडा)९ : १४ बजे, असोज २२ गते मंगलबार  पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा विहान ७ : ११ बजे र स्थिरासन बिहान ८ : ४३ बजे साइत रहेको समितिले जनाएको छ ।

    news_jlesz2rw3sv.jpg

    प्रतिक्रिया दिनुहोस