Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

१५ करोड बढी मूल्य बराबरको कोकिनसहित चार जना विदेशी पक्राउ


नया सडक

२०८१, असार ६ बिहीबार

  • 720
    Shares

  • १५ करोड बढी मूल्य बराबरको कोकिनसहित चार जना विदेशी पक्राउ

    काठमाडौं । साढे ४ केजी कोकिनसहित ४ जना विदेशी नागरिकहरु प्क्राउ परेका छन् ।  लागु औषध नियन्त्रण ब्यूरोले कोकिनसहित पक्राउ गरेकाहरूमा  तान्जानिया घर भएका ६८ वर्षीय डोनाल्ड ज्याक्सन माबुगा, बोलिभिया घर भएकी ३३ वर्षीया लाउरा क्रुज टिकोना, भेनेजुयलाका ३९ वर्षीय सिमोन एन्टोनियो अल्फोन्जो राडा र भारतीय नागरिक २७ वर्षीया लालरु उत्सङ्गी हुन् ।

    लागु औषध नियन्त्रण ब्युरोका एसएसपी दिनेश आचार्यले पत्रकार सम्मेलन गरेर  आरोपीहरूको साथबाट ४ किलो ५०४ ग्राम कोकिन बरामद गरिएको जानकारी दिए । सो कोकिनको बजार मूल्य १५ करोड ७६ लाख जति हुन्छ ।६८ वर्षका डोनाल्डले इथियोपियाको अदिश अबाबाबाट १८ वटा प्लाष्टिक कोटेड क्याप्सुलमा १ केजी २०६ ग्राम  निलेर काठमाडौँ आएका हुन् । डोनाल्डको पेटबाट प्रहरीले क्याप्सुल निकालेर उनलाई प्रहरी अस्पतालमा उपचार गराइरहेको छ । 

    बोलिभियन लाउर क्रुजले १२१ वटा कपडाको बटनमा लुकाएर २ किलो १ सय ग्राम कोकिन ल्याएकी हुन् । भेनेजुयलाका ३९ सिमोन पनि क्याप्सुल आकारका कोकिन निलेर ब्राजिलबाट काठमाडौँ आएका थिए । उनको साथबाट १ किलो १९८ ग्राम बरामद गरिएको छ । 
    कोकिन खरिद गर्न आएको अवस्थामा भारतीय युवती पक्राउ परेकी हुन् ।

     

    प्रतिक्रिया दिनुहोस