Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

चालु आवको एघार महिनामा साढे १४ बढीको आयात, जेठ महिनामै डेढ खर्बको आयात


नया सडक

२०८१, असार ७ शुक्रबार

  • 219
    Shares

  • चालु आवको एघार महिनामा साढे १४ बढीको आयात, जेठ महिनामै डेढ खर्बको आयात

    काठमाडौं । चालु आवको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ । त्यसमा जेठ महिनामा मात्रै १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको हो  ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको छ ।वैशाख मसान्तसम्म १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।  जेठमा आयात बढे पनि समग्र आयातको तथ्यांक गत वर्षको यसै अवधिको तुलनामा भने घटेको छ । जेठसम्म आयात १.८४ प्रतिशतले कम छ । अघिल्लो वर्ष जेठसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको प्रतिवेदनमा  छ ।

    आयात र निर्यात दुवै घटेकोले कुल वैदेशिक व्यापार र व्यापार घाटा दुवै खुम्चिएको छ । कुल वैदेशिक व्यापारको आकार १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँ छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा १.९५ प्रतिशत घटेको छ । अघिल्लो वर्ष जेठसम्म १६ खर्ब २४ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

    व्यापार घाटा १३ खर्ब १४ अर्ब रुपैयाँमा खुम्चिएको छ । यो अघिल्लो आवको तुलनामा १.७२ प्रतिशत कम छ ।  अघिल्लो वर्ष १३ खर्ब ३७ अर्ब रुपैयाँ बराबर व्यापार घाटा थियो । यस वर्ष जेठसम्म वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.२६ प्रतिशत र निर्यातको हिस्सा ८.७४ प्रतिशते छ ।

    प्रतिक्रिया दिनुहोस