काठमाडौं । चालु आवको एघार महिनामा कुल आयातको २० प्रतिशत भन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । २०८०/८१को जेठ मसान्तसम्म ३ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यो अवधिमा कुल आयात साढे १४ खर्ब बढीको रहेको छ ।
पेट्रोलियम पदार्थको हिस्सामा कमी ल्याउन विकल्पको खोजी गर्नुपर्ने भएको छ । बिजुलीबाट चल्ने वाहनको उयोगमा जोड दिनुपर्ने मागले आयातमा कमी ल्याउने विश्वास गरिएको छ । आयातमा कमी ल्याउनु भनेको व्यापार घाटा कम गर्ने बाटोको खोजी हो ।