Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

१० करोड बढी व्यापार घाटा हुने देशहरूको संख्या ६८, भुटानसँग पनि करोडौंको व्यापार घाटा

१० करोड बढी व्यापार घाटा हुने देशहरूको संख्या ६८, भुटानसँग पनि करोडौंको व्यापार घाटा

  • काठमाडौं । चालु आर्थिक वर्षको एघार महिनामा १० करोडदेखि खर्बसँगको  व्यापार घाटा ६८ देशहरूसँग भएको छ । भन्सार विभागले शुक्रबार १७० देशसँग भएको भनी व्यापार घाटाको प्रतिवेदन अनुसार १० करोड भन्दा माथि ८ खर्ब बढीको व्यापार घाटा हुने देशहरूको संख्या ६८ रहेको छ । जसमा अपरिभाषित भनी उल्लेख गरिएकोसँग ४ अर्ब २० करोड बढीको व्यापार घाटा रहेको छ ।  सबै भन्दा बढी भारतसँग ८ खर्ब बढीको रहेको छ भने चीनसँग  २ खर्ब बढीको व्यापार घाटा भएको जनाइएको छ ।

    दश अर्ब बढी व्यापार घाटा हुने देशहरूमा अर्जेन्टिना, अस्ट्रेलिया, मलेसिया, युक्रेन र युएई रहेका छन् । यसै गरी अर्ब बढी व्यापार घाटा हुनेहरूमा बंगलादेश, बेल्जियम, ब्राजिल, ब्रुनाइ, क्यानाडा, जर्मनी, ग्वाटेमाला, हंगकंग, इन्डोनेसिया, इजरायल, इटली, जापान, दक्षिण कोरिया, मोरक्को, म्यानमार , नेदरल्यान्ड, नाइजेरिया, ओमान, पोल्यान्ड, कतार, रुसी महासंघ, सिंगापुर, दक्षिण अफ्रिका, स्विटजरल्यान्ड, चीनको ताइवान, थाइल्यान्ड, टर्की, तुर्कमेनिस्तान,युके, युएस र भिएतनाम रहेका छन् ।

    दश करोड बढीको व्यापार घाटा हुने देशहरूमा बेनिन, भुटान, बुल्गेरिया, चेक रिपब्लिक, इजिप्ट, आयरल्यान्ड, इथोपिया, इराक, केन्या, कुवेत, म्याक्सिको , मंगोलिया, मोजाम्बिक, पाकिस्तान, पराग्वे, फिलिपिन्स, रिमोल्डोभा, रोमानिया,स्पेन,श्रीलंका,स्वाजिल्यान्ड,स्विडन, टोबो  र तान्जनिया रहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij