Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

रास्वपाको स्थापना दिवसमा प्रधानमन्त्रीलगायत शीर्ष नेता सहभागी


नया सडक

२०८१, असार ७ शुक्रबार

  • 468
    Shares

  • रास्वपाको स्थापना दिवसमा प्रधानमन्त्रीलगायत शीर्ष नेता सहभागी

    काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो वार्षिकोत्सवका अवसरमा आज चियापान समारोहमा सहभागी हुनुभएको छ ।

          रास्वपाको केन्द्रीय कार्यालय वनस्थली, चमतिमा आयोजित चियापान समारोहमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उपसभामुख इन्दिरा राना उपस्थित हुनुहुन्थ्यो ।       

    चियापान समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई पनि सहभागी हुनुहुन्थ्यो । यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष डा सीके राउतलगायत विभिन्न दलका नेता तथा मन्त्री पनि समारोहमा सहभागी हुनुहुन्थ्यो ।  

          सो अवसरमा रास्वपा सभापति तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पाहुना तथा आगन्तुकलाई स्वागत गर्नुभएको थियो । उहाँले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै जनअपेक्षाअनुसार काम गर्न रास्वपा प्रयासरत रहेको बताउनुभयो ।

          “सरकार चलाउने आधारहरु अहिले बनेका छन् । आमनागरिकको अपेक्षा ठूलो छ । ती अपेक्षा परिपूर्ति गर्न हामीलाई ठूलो चुनौती छ । हामी प्रयासरत छौँ”, सभापति लामिछानेले भन्नुभयो ।

          रास्वपा प्रतिनिधिसभामा २१ सांसदसहित सङ्घीय संसद्को चौथो ठूलो पार्टी हो । रास्वपाको स्थापना २०७९ असार ७ गते  भएको हो । 

    प्रतिक्रिया दिनुहोस