काठमाडौं । रिलायन्स फाइनान्सले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।