काठमाडौ । एनआइसी एसिया बैंकले सोमबार (असार १० गते) देखि आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक सेयर लिलामी बिक्री खुला गर्दैछ । बैंकले निफ्राको १० लाख कित्ता संस्थापक सेयर लिलामीमा ल्याउन लागेको हो । यसमा लगानीकर्ताले न्यूनतम १०१ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।
यसको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।