Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

जाल्पा सामुदायिक र किसान लघुवित्तले असार २७ देखि एकीकृत कारोबार सुरु हुने


नया सडक

२०८१, असार ९ आइतबार

  • 510
    Shares

  • जाल्पा सामुदायिक र किसान लघुवित्तले असार २७ देखि एकीकृत कारोबार सुरु हुने

    काठमाडौं ।  जाल्पा सामुदायिक र किसान लघुवित्त एक आपसमा मर्ज भएर असार २७ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो ।

    दुवै संस्था मर्ज भएपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार हुनेछ । यी दुई कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए । बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस