Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

एनआईसी एशिया बैंक वैश्विक अभियान कार्बन एकाउन्टिङ फाइनान्सियलसँग साझेदारीमा सामेल


नया सडक

२०८१, असार ९ आइतबार

  • 477
    Shares

  • एनआईसी एशिया बैंक वैश्विक अभियान कार्बन एकाउन्टिङ फाइनान्सियलसँग साझेदारीमा सामेल

    काठमाडौं । एनआईसी एसिया बैंकले   कार्बन एकाउन्टिङ फाइनान्सियल्स(पीसीएएफ)सँग साझेदारी गरेको छ ।एनआईसी एसियाले  यो विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा अगाडि बढाइएको यो एक विश्वव्यापी पहलमा सामेल भइ  उनीहरूको हरितगृह ग्यास उत्सर्जनको क्षेत्रमा ऋण र लगानीसँग जोडिएको विषयमा साझेदारी गर्न पाउँदा गर्व महसुस गरेको जनाएको हो ।

    ६ महादेशका ४८० भन्दा बढी वित्तीय संस्थाहरूसँग पीसीएएफले उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया–प्रशान्त क्षेत्रहरूमा द्रुतगतिमा सम्बन्ध विस्तार गरी रहेको जनाउँदै एनआईसी एसिया बैंकले आफ्नो कार्बन फुटप्रिन्टहरूको पारदर्शी मूल्यांकनमार्फत् वातावरणीय दिगोपनप्रति आफ्नो प्रतिबद्धता जनाएको छ ।

    विश्व मौलिक रूपमा वातावरणमैत्री अभ्यासतर्फ सरिरहेको बेला एनआईसी एशिया बैंकले पनि आफ्नो कार्बन फुटप्रिन्ट मापन गर्ने र दिगो अर्थतन्त्रतर्फ विश्वव्यापी रूपान्तरणसँगै जलवायु मैत्री रणनीतिहरू निर्माण गर्न प्रतिबद्धता जनाएको एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए ।

    एनआईसी एशिया बैंक देशका सबै प्रमुख वित्तीय केन्द्रहरू समेट्ने बृहत नेटवर्कको साथ नेपालको सबैभन्दा ठूलो बैंकिङ संस्थाहरू मध्ये एक हो। हाल बैंकले ३६० वटा शाखा कार्यालय, ६ सय ७१ एटिएम, ११८ वटा एक्सटेन्सन काउण्टर र ५१ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत सेवा संचालन गर्दै आएको छ ।

    एनआईसी एशिया बैंकले बैंकिङ सेवा सीमित रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला र सल्यान जस्ता नेपालका ग्रामीण जिल्लाहरूमा आफ्नो सेवा विस्तार गरेको छ । एनआईसी एशियाका मुख्य सूचना अधिारीको जिम्मेवारीमा रहेको  सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले जारी गरेको विज्ञप्ति अनुसार  बैंकले देशको ९० प्रतिशत भन्दा बढी जनसंख्या बसोबास गर्ने ग्रामीण र अर्ध–शहरी क्षेत्रमा आफ्ना ७२ प्रतिशत शाखाहरू सञ्चालन गरिरहेको छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस