Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

भ्रष्टाचार नियन्त्रण गर्न सत्ता र प्रतिपक्षी दल मिलेर लागौँ


नया सडक

२०८१, असार १० सोमबार

  • 420
    Shares

  • भ्रष्टाचार नियन्त्रण गर्न सत्ता र प्रतिपक्षी दल मिलेर लागौँ

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले भ्रष्टाचार र अनियमितता मुलुक समृद्धिको बाधक भएकाले यसको नियन्त्रणका लागि सत्ता र प्रतिपक्षी दल सबै मिलेर लाग्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद सुवेदीले नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याललगायत विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको सम्बन्धमा कर्मचारीतन्त्रको सबभन्दा माथिको व्यक्ति नै मुछिनु दुःखद भएको बताउनुभयो । उहाँले सुशासनका निम्ति भ्रष्टाचार तगारो रुपमा देखिएकाले सत्ता पक्ष र प्रतिपक्षी दल मिलेर यसका विरुद्ध लाग्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले अछाममा छाउगोठमा बसेकी एक किशोरी आफन्तबाट बलात्कृत भएको घटनाका सम्बन्धमा दुःख व्यक्त गर्दै छानबिन गरी कारबाहीको माग गर्नुभयो ।


     नेपाली कांग्रेसका सांसद कमला पन्तले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको उल्लेख गर्दै यसको नियन्त्रण गर्न राजनीतिक र प्रशासनिक दुवै तवरबाट लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले यी दुवै पक्षबीच समझदारी र समन्वय नभई भ्रष्टाचार हुन नसक्ने उल्लेख गर्दै यसका कारणहरु पत्ता लगाएर भ्रष्टाचार नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताउनुभयो । सांसद पन्तले मुख्यसचिव डा अर्याललगायत विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको घटना दुःखद भएको जिकिर गर्दै यसले सम्पूर्ण निजामती क्षेत्रको शिर निहुरिएको उल्लेख गर्नुभयो । उहाँले नीतिगत भ्रष्टाचारको समेत अनुसन्धान गर्ने, सुनुवाइ गर्ने र मुद्दा समेत चलाउन सक्ने अधिकार सम्पन्न विधेयकको आवश्यकता औँल्याउनुभयो ।

    प्रतिक्रिया दिनुहोस