काठमाडौैं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि सर्टलिस्टमा परेकामध्ये आइतवार २ जना उम्मेदवारको अन्तर्वार्ता सम्पन्न भएको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार आजको अन्तर्वार्ता सहभागि भएका धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी र नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीको अन्तर्वार्ता सकिएको अर्थ मन्त्रालयले जनाएको हो ।
आज ३ जनालाई अन्तर्वार्तामा बोलाए पनि २ जना मात्रै उपस्थित भएका थिए । तत्कालीन बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने अनुपस्थित भए ।