Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

मेयर बालेनको नो भेइकल जोन बनाउने न्युरोडको प्रस्ताव अल्पतमा


नया सडक

२०८१, असार १० सोमबार

  • 222
    Shares

  • मेयर बालेनको नो भेइकल जोन बनाउने न्युरोडको प्रस्ताव अल्पतमा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले ल्याएको ‘नो भेइकल जोन’ बनाउने प्रस्ताव न्युरोडमा अल्पमतमा परेको छ ।मेयर बालेनले ल्याएको नो भेइकल जोन बनाउने प्रस्ताव अनुसार न्युरोडलाई बनाउन गरिएको प्रस्ताव विरुद्ध नगरसभामा लगिएको संशोधन प्रस्तावमा बहुमत देखिएको हो ।

    मेयर बालेनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको ३८ नम्बर बुँदामा ‘सूचीकृत सम्पदा क्षेत्र लगायत नयाँ सडक (न्युरोड), हाँडीगाउँ जस्ता प्राचीन, पुरातात्विक र विशेष महत्वका क्षेत्रहरूलाई नो भेइकल जोनका रूपमा विकास गरिने छ’  राखेका छन् ।

    न्युरोडलाई नो भेइकल जोन बनाउने प्रस्तावमा प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरूले आपत्ति जनाएर विरोध गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस