Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

दक्ष तथा व्यावसायिक व्यक्तिलाई धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति गरिने पुनको प्रतिबद्धता


नया सडक

२०८१, असार १० सोमबार

  • 654
    Shares

  • दक्ष तथा व्यावसायिक व्यक्तिलाई धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति गरिने पुनको प्रतिबद्धता

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नेताहरूको दबाब प्रभावको कुरो गलत भएको बताउँदै अर्थमन्त्री वर्षमान पुनले दक्ष र व्यावसायिक व्यक्तिलाई  धितोपत्र बोर्डको अध्यक्ष छिट्टो नियुक्त गर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा सांसदहरुले बोर्ड अध्यक्षको नियुक्तिबारे राखेको जवाफको जवाफ दिँदै मन्त्रीले यस्तो बताएका हुन् ।

    पुनले १९ आवेदकमध्येबाट छनोट समितिले ५ जनाको नाम ‘सर्ट लिष्ट’ गरेको र त्यसमध्ये दुई जना मात्र प्रस्तुतिकरणका लागि उपस्थित भएको अवस्थामा कार्य गर्न सकिने विषयमा महान्यायाधिवक्ता कार्यालयसँग राय सुझाव मागिएको जानकारी दिए ।
    धितोपत्र ऐनमा स्पष्ट रुपमा पाँचमध्ये समितिले तीन जनाको नाम अनिवार्य सिफारिस गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको भन्दै मन्त्री पुनले समितिले प्रस्तुतिकरणमा सहभागी भएका सन्तोषनारायण श्रेष्ठ र मुक्ति नारायण श्रेष्ठमध्ये एकलाई, त्यसमा बाँकी तीनबाट एक जना थप गरेर वा सर्ट लिस्टमा परेका पाँचै जनालाई सिफारिस गर्ने भन्ने विषयमा महान्यायाधिवक्ता कार्यालयसँग राय माग गरिएको उल्लेख गरे ।


    धितोपत्र बोर्ड सेयर बजारको नियामक निकाय भएको र नियामक निकाय स्वतन्त्र तथा व्यवसायिक हुनुपर्छ भन्नेमा सरकार प्रतिबद्ध र स्पष्ट रहेको बताउँदै उनले प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीबीच भएको सहमतिको समाचारमा सत्यता नभएको बताए ।

    प्रतिक्रिया दिनुहोस