Logo

Sep 29 2024 | २०८१, असोज १३गते

images

सुनापाति पोलिक्लिनिक र केज फिटनेशको निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न


नया सडक

२०८१, असार ११ मंगलबार

  • 684
    Shares

  • सुनापाति पोलिक्लिनिक र केज फिटनेशको निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

    ललितपुर । ललितपुरको बालकुमारीमा रहेको सुनापाति पोलिक्लिनिक र केज फिटनेशले निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।  बालकुमारीमा रहेको केज फिटनेशको प्राङगणमा सोमबार बिहान आयोजित शिविरमा राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देन र सांसद ज्ञानेन्द्र शाहीको विशेष उपस्थिति रहेको थियो । शिविरमा लिङदेन र शाहीले स्वास्थ्य परीक्षण गराउँदै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा खुशी व्यक्त गरे । 

    शिविरमा एक सय ५० जनाभन्दा बढिले निशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान गरेको आयोजक जीवन केसीको भनाई छ । सुनापाति पोलिक्लिनिक र केज फिटनेशले सर्वसाधारणलाई लक्षित गरेर शिविर संचालन गरेकोमा प्रशंसा गर्दै राप्रपाका अध्यक्ष लिङ्देनले नेपालका विभिन्न ठाउँहरुमा यस्ता शिविरहरु संचालन गर्न आवश्यक रहेको बताए । काठमाडौंका अस्पतालहरुमा रक्त अभाव भइरहेको अवस्थामा स्वास्थ्य शिविर सँगै गरेको रक्तदान कार्यक्रमले धेरै बिरामीहरुको जीबन रक्षा हुने बताए । साथै यस्ता मानविय कार्यहरु आगामी दिनहरुमा पनि निरन्तर गर्दै जान समेत उनले आग्रह गरेका थिए ।

    सुनापाति पोलिक्लिनिकका अध्यक्ष तथा आयोजक केसीले रोग लाग्नु भन्दाअघि नै बेलाबेलामा चेकजाँच गराएर बेलैमा रोगको उपचार होस् भन्नका लागि ललितपुरबासीलाई लक्षितगरि हेल्थ क्याम्प आयोजना गरेको जानकारी दिए । बालकुमारी मै अवस्थित सुनापाति पोलिक्लिनिकले सिनियर कन्सलटेण्ट डाक्टरहरुसहित लामो समयदेखि ओपिडि सेवा संचालन गरिरहेको केसीको भनाई छ । 
    शिविरमा सिनियर कन्सलटेण्ट गाइनोलोजी डा। जानुका भट्टराई, सिनियर कन्सलटेण्ट ड्रामाटोलोजी भेनेरल एण्ड कस्मेटिक डा। अर्जुन कार्की, जेनेरल फिजिसियन डा। अनर्द कुमार मिश्रले सेवा प्रदान गराएका थिए ।

    त्यस्तै प्याथोलोजी ल्याब टेस्ट, डिजिटल एक्सरे र इसीजीमा २५ प्रतिशत छुटको व्यवस्था रहेको सुगर, प्रेसर, युरिन टेष्ट र होलबडि चेकअप निशुल्क गराएको आयोजक केसीले जानकारी दिए ।  
    केसीले डिजिटल एक्सरे, इसिजी र अन्तर्राष्ट्रिय स्तरको ल्याब समेत संचालनमा ल्याएको हुनाले सबैले क्लिनिकमा आएर सेवा लिन आग्रह गरे । शिविरमा फुल फिटनेश हेल्थ प्याकेज, फुल बढी चेकअप, म्याक्रो एण्ड माइक्रो न्युट्रिन्स लेबल, सप्लिेमेन्ट निड फर अप्टिमल फिटनेश लगायतका सेवाहरु उपलब्ध रहेको थियो । 
    सो अवसरमा केज फिटनेशका संचालक उज्वल श्रेष्ठको नेवारी परम्परा अनुसार जन्म दिन पनि मनाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस