Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रतिनिधिसभाः विनियोजन विधेयक, २०८१ अन्तर्गतको छलफल सम्पन्न


नया सडक

२०८१, असार ११ मंगलबार

  • 366
    Shares

  • प्रतिनिधिसभाः विनियोजन विधेयक, २०८१ अन्तर्गतको छलफल सम्पन्न

    काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ अन्तर्गतको दफावार छलफल सम्पन्न भएको छ । प्रतिनिधिसभमा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो ।
     
    विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाउनुभएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिनुभएको थियो । सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस