Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

पोखरामा सडक भासिँदा आवागमनमा समस्या


नया सडक

२०८१, असार १२ बुधबार

  • 429
    Shares

  • पोखरामा सडक भासिँदा आवागमनमा समस्या

    गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा सडक भासिँदा आवागमनमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो राजमार्ग आज बिहान भासिएको हो । अविरल वर्षाका कारण चाउथेको आनन्द टोल घट्टेकुलोको पानी बहाव बढ्न गई पृथ्वी राजमार्ग सडकखण्ड भासिएको कार्यालयका  सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

    उक्त स्थानबाट करिब १० मिटर अगाडिको सडकको दायाँतर्फ करिब सात मिटर लम्बाइ र करिब एक मिटर चौडाइ भासिएको उहाँले जानकारी दिनुुभयो । सडक मर्मत गरेर यातायात सहज बनाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस