Logo

Nov 26 2024 | २०८१, मंसिर ११गते

images

राष्ट्रपतिसँग चीनका उपविदेशमन्त्रीको शिष्टाचार भेट


नया सडक

२०८१, असार १२ बुधबार

  • 456
    Shares

  • राष्ट्रपतिसँग चीनका उपविदेशमन्त्रीको शिष्टाचार भेट

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

    त्यस अवसरमा राष्ट्रपति पौडेलले चीन नेपालको प्रमुख एवं लामो समयदेखिका विकास साझेदार रहेको बताउँदै करिब सात दशकदेखि नेपालको विकास प्रयासमा चीनले गरेको सहयोगा निम्ति कृतज्ञता ज्ञापन गर्नुभयो । 

    उपविदेशमन्त्री सुन नेपाल–चीन परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुने सिलसिलमा गत सोमबारदेखि नेपालको तीनदिने औपचारिक भ्रमणमा हुनुहुन्छ । 

    प्रतिक्रिया दिनुहोस