Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

विद्यालय वरिपरी मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्रि वितरणमा रोक लगाउनुपर्छः मन्त्री श्रेष्ठ


२०८१, असार १२ बुधबार

  • 633
    Shares

  • विद्यालय वरिपरी मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्रि वितरणमा रोक लगाउनुपर्छः मन्त्री श्रेष्ठ

    हेटौडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले लागुऔषधमुक्त समाज निर्माणका लागि तीनै तहको सरकारले जनचेतना फैलाउनुपर्ने बताएका छन् । बुधबार लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले लागुऔषधमुक्त परिवार र समाज बनाउनुपर्ने बताएका हुन् । उनले लागुऔषध मुक्त परिवार र समाज निर्माणका लागि परिवार र समाज नै सबैभन्दा जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताए । उनले लागुऔषध मुक्त समाज बनाउनका लागि तीनै तहको सरकारले जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने बताए । स्थानीय तहले अझ बढी जिम्मेवारीपूर्वक जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०८१र०८२ को लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको पनि जानकारी दिए ।

    ganga surti 01.jpg

    मन्त्री श्रेष्ठले विद्यालयको पाठ्यक्रममा नै समावेश गरी लागुऔषध प्रयोगबाट हुने असरको बारेमा विद्यार्थीहरुलाई शिक्षा दिनुपर्ने बताए । उनले विद्यालय वरिपरि मदिरा र सुर्तिजन्य पदार्थ बिक्रि वितरणमा रोक लगाउनुपर्ने बताए । उनले लागुऔषध कारोबारीलाई कानुनको कठघरामा उभ्याउनुपर्नेमा पनि जोड दिए । त्यस्तै, लागुऔषध उत्पादन, बिक्री वितरण तथा सेवनको दृष्टिकोणले उच्च जोखिममा रहेका स्थानको पहिचानको लागि नक्साङ्कन गर्नुपर्ने उनको भनाई छ । मन्त्री श्रेष्ठले लागुऔषध ओसारपसारलाई रोक्न सीमानामा सघन रूपमा चेकजाँच, निगरानी र अपरेसनलाई तीव्रता दिनुपर्ने बताए । उनले लागुऔषधको दुव्र्यसनीलाई अपराधीको रूपमा नहेरी उनीहरूको उपचार गर्नुपर्ने बताए । उनले पुनस्र्थापना केन्द्रलाई व्यवस्थित गरी र्दुब्यसनीहरुलाई  पुनर्जीवन दिनुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस