काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढा भैरहवा गएका छन् । आज महानिर्देशक बुढासँगै प्रधानमन्त्री कार्यालयका सेक्रेटरीलगायतको टोली भैरहवा गएको हो ।
भैरहवामा महानिर्देशक बुढासहितको टोलीले रुपन्देही उद्योग वाणिज्य संघ , स्थानीय उद्योगी व्यवसायीहरूसँग राजस्व छली र चोरी तस्करी नियन्त्रणका विषयमा अन्तक्र्रिया गरिएको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढा पछिल्लो समय बजारमा अदृश्य शक्ति परिचालनको विषयमा विवादित बनेका छन् । महानिर्देशक बुढाले रुपन्देहीमा रहेका सरकारी कार्यालयका प्रमुखहरूसहित सीमा क्षेत्रको स्थलगत निरीक्षणसमेत गर्नेछन् ।
राजस्व अनुसन्धान विभाग अन्तर्गतको कार्यालय समेत बुटवलमा रहेको छ । राजस्व अनुसन्धान विभागको बुटवल कार्यालयका प्रमुख पशुपति पुरीले कार्यक्रमको संयोजन गरेका छन् । पछिल्लो समय भैरहवा भन्सार कार्यालयबाट भन्सार राजस्व चुहावटका मालवाहक सवारी साधन अत्यधिकरूपमा प्रहरी समाएर राजस्व अनुसन्धान विभाग पठाएपछि भैरहवा भन्सारको कमीकमजोरीका बारे समेत छलफल हुने भएको छ ।