Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

उच्चस्तरीय कर सुधार समितिद्वारा सामाजिक सुरक्षा कर ३ प्रतिशत पु¥याउन प्रस्ताव

उच्चस्तरीय कर सुधार समितिद्वारा सामाजिक सुरक्षा कर ३ प्रतिशत पु¥याउन प्रस्ताव

  • काठमाडौं । उच्चस्तरीय कर सुधार समितिले सामाजिक सुरक्षा कर ३ प्रतिशत पु¥याउन प्रस्ताव गरेको छ ।समितिले अहिलेको एक प्रतिशत कर खारिज गरी ३ प्रतिशत देखि ५ प्रतिशतसम्म लगाउन प्रस्ताव गरेको हो ।

    हाल कामदार तथा कर्मचारी लगायतका आय आर्जनकर्ताको आयको पहिलो स्ल्याबमा एक प्रतिशत सामाजिक सुरक्षा कर लाग्ने गरेको छ । समितिले कम आय गर्नेलाई कम योगदान र बढी आय गर्नेले बढी योगदान गर्नु पर्ने अवधारणा अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा करमा संरचनागत परिवर्तन गर्नुपर्ने गरी यो सुझाव दिएको हो।

    उदाहरणका लागि  वार्षिक आय पाँच लाख रुपैयाँ छ भने त्योे कर योग्य आयभित्र नपरेपनि सामाजिक सुरक्षा कर भनेर ५ हजार रुपैयाँ बुझाउनु पर्ने हुन्छ ।  आयोगले सबैसँग लिने यो एक प्रतिशत कर खारेज गरेर राम्रो कमाइ गर्ने हुनेखाने वर्गसँग अलिक बढी कर लिन सुझाव दिएको हो।

    समितिले दिएको  सुझाव अनुसार  व्यक्तिगत आयको आयमा खर्चहरू कट्टा गरि कर योग्य आयमा कर छुटको सीमा घटाएर बाँकी हुने आय रकममा आगामी वर्ष देखि १० वर्ष सम्म ३ प्रतिशत सामाजिक सुरक्षा योगदान कर लगाउनु पर्छ। त्यस पछि यो करलाई ५ प्रतिशतको दरबाट लगाउने गरि कर प्रणालीको विकास गर्नुपर्छ ।

    समितिले नेपालको सामाजिक सुरक्षा प्रणालीलाई सुधार गर्ने र दीर्घकालीन रूपमा दिगो बनाउने उद्देश्यले नयाँ अवधारणा सिफारिस गरेको हो । सो प्रस्ताव अनुसार व्यक्तिगत आयबाट पहिले खर्चहरू कट्टा गरिनेछ। यसको अर्थ सरकारले स्वीकृत अवकास कोषहरुमा बढीमा पाँच लाख वा कमाइएको एक तीहाइमध्ये जुन कम हुन्छ त्यो कर कट्ट गर्ने सुविधा दिएको छ। यो खर्च हो। यसबाहेक बीमा बापतको ५० हजार रुपैयाँलाई पनि खर्च देखाउन मिल्छ।

    कूल आम्दानी १० लाख रुपैयाँ छ। यसको एक तिहाइ ३ लाख ३३ हजार रुपैयाँ स्वीकृत अवकासमा पठाउनु (नपठाएमा खर्च कटाउन मिल्दैन) भयो। त्यसपछि व्यक्तिले  अर्को ५० हजार रुपैयाँको बीमा दाबी  गरेमा कर योग्य आय ६ लाख १६ हजार रुपैयाँ हुन्छ।आय कर ऐन अनुसार ५ देखि ७ लाख रुपैयाँको बीचमा आय गर्नेले १० प्रतिशत कर बुझाउनु पर्छ। अर्थात खर्च कटाएर १० प्रतिशत आय करको सीमाभित्र पर्ने आय एक लाख १६ हजार रुपैयाँ हुन्छ। यसअनुसार ११ हजार ६०० रुपैयाँ आय कर (१० प्रतिशत) तिर्नुपर्छ ।

    एक लाख १६ हजारमा ११ हजार ६०० रुपैयाँ कटाएपछि बाँकी रहेको एक लाख ४ हजार ४०० रुपैयाँमा समितिको सुझाव अनुसार यो बाँकी रकमा ३ प्रतिशत सामाजिक सुरक्षा कर लाग्न सुझाव दिइएको छ ।तर अहिलेको व्यवस्था अनुसार १० लाख आम्दानीमा १ प्रतिशतका हिसाबले १० हजार रुपैयाँ सामाजिक सुरक्षाबापत तिर्नु पर्ने हुन्छ।समितिको सिफारिस अनुसार जाँदा तुलनात्मक रुपमा न्यून आए भएकालाई न्यून कर लाग्ने भयो। 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij