Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

फरार सूचीमा रहेका मधेश प्रदेशका पूर्वसांसद पक्राउ


नया सडक

२०८१, असार १६ आइतबार

  • 447
    Shares

  • फरार सूचीमा रहेका  मधेश प्रदेशका पूर्वसांसद पक्राउ

    काठमाडौं  / जनकपुरधाम ।  प्रहरीले  सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जन्मकैदको सजाय सुनाइएका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ गरेको छ 

    फरार रहेका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले जानकारी सार्वजनिक गरेका हुन् ।

    उनलाई आजै जिल्ला अदालत महोत्तरीमा हाजिर गराइएको छ ।  लोसपाका नेतासमेत रहेका यादव  लामो समयदेखि फरार थिए । उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए ।

    २०७९ को निर्वाचन अघि जसपाले पार्टीबाट निष्काशन गरेपछि लोसपाबाट चुनाव लडेका यादव  पराजित भए । अदालतमा मुद्दा चलिरहँदा उनी फरार नै थिए ।
    महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस