काठमाढौं । बागमती प्रदेश सरकारले कुल ६ हजार ३सय ४४ किलोमिटर बाटो बनाउने भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय हेटोडाले प्रदेश राजपत्रमा त्यसको विवरण सार्वजनिक गरेको हो ।
भौतिक पूर्वाधार मन्त्रालयले जनाए अनुसार १०११ किलोमिटर प्रदेश लोकमार्ग अन्तर्र्गत र ५ हजार ३ सय ३२ किलोमिटर प्रदेश मार्ग बनाउने छ ।मन्त्रालयले प्रदेश लोकमार्ग र प्रदेश मार्गको पहिचान तथा वर्गीकरण गरी प्रादेशिक सडक यातायात गुरुयोजना तयार गरेको जनाएको छ ।