Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

राजस्व अनुसन्धान विभागद्वारा विदेशी मुद्रा अपचलन गरेको अभियोगमा सुनिल पौडेल विरुद्ध झण्डै तीन करोड सजाय मागदाबी सहित मुद्दा हाल्ने तयारी

राजस्व अनुसन्धान विभागद्वारा विदेशी मुद्रा अपचलन गरेको अभियोगमा सुनिल पौडेल विरुद्ध झण्डै तीन करोड सजाय मागदाबी सहित मुद्दा हाल्ने तयारी

  • कठमाडौं । राजस्व अनुसन्धान विभागले सुनिल पौडेल विरुद्ध मुद्दा हाल्ने तयारी गरेको छ । विभागले विदेशी मुद्रा अपचलनलगायतको अभियोगमा पौडेल झण्डै तीन करोड बिगो र सजाय मागदाबी सहित मुद्दा हाल्ने तयारी गरेको हो ।

    राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका निलम्बित प्रबन्धन निर्देशक सुनिल पौडेल विरुद्ध विदेशी मुद्रा अपचलनको अभियोगमा  राजस्व अनुसन्धान विभागले मुद्दा दायर गर्ने अन्तिम  तयारी गरेको छ ।मुद्दा दायर गर्न  विभागले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौलाई रायका लागि पठाएको र राय आउनासाथ यसै हप्ता मुद्दा दर्ता गर्ने विभाग स्रोतले नयाँ सडकलाई बताएको छ ।

    सुनिल पौडेलले नेपाल राष्ट्र बैंकको स्वीकृति बिना सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली झण्डै ५८ हजार डलर भन्दा बढी  राखेको  बताइन्छ । सुनिल पौडेलले  इन्स्टासेफ इंक र बोन्कोटेक पीटीएलगायतका कम्पनीसँग सूचना प्रविधिसँग सम्बन्धित उपकरणहरूको  खरिद कमिसन सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा पैसा राखेको बताइन्छ ।

    उनको उक्त कम्पनीहरूसँग समेत साझेदारी भएको बताइन्छ । सुनिल पौडेलले उक्त कमिसन र अन्यत्रबाट संकलित अतिरिक्त रकमसमेत उक्त बैंकको खातामा जम्मा गरेको बताइएको छ । यसअघि सुनिल पौडेल विरुद्ध अख्तिायर  दुरुपयोग अनुसन्धान आयोगले २३ करोड ७५ लाख रुपैयाँ बराबरको अकुत सम्पत्ति जोडेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।यस्तै विभागले विकल पौडेलका विरुद्ध पनि मुद्दा दायर गर्ने तयारी गरिरहेको छ । विकल पौडेल सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक हुन् ।  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij