Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

चौबीस घन्टा भित्रै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भएको दोस्रो भेट किन अर्थपूर्ण ?


नया सडक

२०८१, असार १७ सोमबार

  • 453
    Shares

  • चौबीस घन्टा भित्रै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भएको दोस्रो भेट किन अर्थपूर्ण ?

    काठमाडौं ।सिंहदरबार बाहिर सत्ता समीकरण फेरिन लागेको हल्लाबीच चौबीस घन्टा भित्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता गठबन्धनको सबै भन्दा ठुलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच  दोस्रो पटक भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल  प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओलीबीच आज  सोमबार  बिहान भेटवार्ता भएको हो ।  प्रधानमन्त्रीको सचिवालयले  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, सरकारका कामकारबाही, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने लगायतका विषयमा छलफल भएको जनाएको छ ।

    आइतबार पनि प्रचण्ड, ओली र रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको थियो । आइतबारको सो भेटको चौबीस घन्टा भित्रै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको यो बालुवाटार बैठक हुन पुगेको हो । 

    आइतबार रास्वपाका सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जनताका नाममा राष्ट्रिय सहमतिको सरकार प्रस्ताव अगाडि सारेको भोलिपल्टको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

    प्रधानमन्त्री प्रचण्डको आइतबार भएको ओलीसँगको भेटअघि नेपाली कांग्रेसका सभापति शेरशहादुर देउवाले ओलीसँग भेट गरेका थिए । त्यसपछि सत्ता समीकरणमा फेरबदल हुने चर्चा फैलिन गएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस