Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

दुई दर्जन बढी ठुला काण्डहरूको छानबिनका लागि शक्तिशाली आयोग बनाउँदै सरकार


नया सडक

२०८१, असार १७ सोमबार

  • 480
    Shares

  • दुई दर्जन बढी ठुला काण्डहरूको छानबिनका लागि शक्तिशाली आयोग बनाउँदै सरकार

    काठमाडौं । सरकारले दुई दर्जन बढी ठुला काण्डहरूको छानबिनका लागि शक्तिशाली आयोग बनाउन लागेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न२५ वटा भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताएका हुन् ।  सोमबार प्रतिनिधि सभामा मौखिक प्रश्नोत्तर कार्यक्रमका क्रममा उनले यस्तो बताए ।

    कुनै पनि कालखण्डमा भएकामध्‍ये भ्रष्टाचारका २५ वटा काण्डहरुलाई छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको कुरा सम्मानित सदनमा गराइसकेको  गृहमन्त्री लामिछानेले भने । भ्रष्टाचारमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउने गरी सरकार अगाडि बढेको उनले बताए ।

    कोही पनि बेचैन हुनु पर्दैन। भ्रष्टाचारमा संलग्न जोसुकै मानिसहरु भए पनि त्यसमा निर्मम भएर कारबाही गरिन्छ । त्यो आँट, त्यो साहसका साथ हामी प्रस्तुत भएको  उनले भने ।

    प्रतिक्रिया दिनुहोस