Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनौट  प्रक्रिया रद्द विरुद्ध सर्वोच्चमा रिट

नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनौट  प्रक्रिया रद्द विरुद्ध सर्वोच्चमा रिट

  • काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द गरिएको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।सो प्रक्रिया अन्तर्गत कार्य योजना प्रस्तुतीकरणमा सहभागी भएका एक प्रत्यासी सन्तोष नारायण श्रेष्ठले सरकारको सो निर्णय विरुद्ध रिट दायर गरेका हुन् ।

    माघ ५ गते सुरू भएको अध्यक्ष छनोट प्रक्रिया अर्थमन्त्रालयले गत शुक्रबार रद्द गरेको थियो। प्रक्रिया रद्द गरिएको विषयमा श्रेष्ठले सोमबार सर्वोच्च अदालतमा मुद्दा दायर गरे ।

    धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रियाअन्तर्गत दोस्रो चरणमा अन्तर्वार्तामा बोलाइएको पाँच जनामध्ये दुई जना मात्र उपस्थित भएपछि कानुनी अड्चन आएको भन्दै अर्थमन्त्रालयले प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको थियो ।छनोट समितिले पहिलो चरणमा १९ जनाबाट सन्तोषनारायण श्रेष्ठ, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंलाई छानेको थियो।

    यी पाँचमध्ये पहिलो पटक बोलाएको अन्तर्वार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै उपस्थित भएका थिए।धितोपत्र बोर्डका अध्यक्षको लागि बोलाइएको पहिलो पटकको अन्तरर्वार्तामा जम्मा दुई जना उम्मेदवार मात्रै पुगेपछि बाँकी तीन जनालाई दोस्रो पटक बोलाइएको थियो। बाँकी तीन दुवै पटक अनुपस्थित रहेका थिए।

    यस सम्बन्धमा बोर्डको अध्यक्ष छनोट समितिले महान्यायाधिवक्ताको कार्यालयसँग कानुनी अड्चनको विषयमा राय मागेको थियो।
    महान्यायाधिवक्ताको कार्यालय तीन जना वा सो भन्दा बढीलाई सिफारिस गर्न सक्ने रायसहितको पत्र पठाएको थियो । 
    तर अर्थ सचिव मधु मरासिनीले प्रक्रिया विवादित हुने भएपछि नमान्दा प्रक्रिया रद्द गर्ने निर्णय गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij