Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँ सरकार गठनबारे कांग्रेस–एमालेबिच सहमति, ओली प्रधानमन्त्री बन्दै


नया सडक

२०८१, असार १८ मंगलबार

  • 807
    Shares

  • नयाँ सरकार गठनबारे कांग्रेस–एमालेबिच सहमति, ओली प्रधानमन्त्री बन्दै

    काठमाडौँ । नयाँ सरकार गठनबारे कांग्रेस–एमालेबिच सहमति भएको छ । दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति पत्रमा हस्ताक्षर भएको हो ।दुई दलबिच भएको सहमतिमा पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ ।
    सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि समावेश छन् । एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई नै दिने सहमति बनेको हो ।

     

    प्रतिक्रिया दिनुहोस